नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
पूर्वाञ्चल, धनकुटा


क्षेत्रीय दैवी प्रकोप उद्धार समितिको बैठक

मिति २०७२ साल श्रावण २७ गते श्रीमान् क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यज्यूको अध्यक्षतामा पूर्वाञ्चल क्षेत्रीय दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो । क्षेत्रीय आपत्‌कालीन कार्य सञ्चालन केन्द्र (Regional Emergency Operation Centre-REOC) मा जडान भएको High Frequency Radio Set ले विपद्को समयमा अन्य सन्चार साधनहरु प्रभावित भई कार्य गर्न असहज र अवरोध भएको समयमा समेत यसबाट सहज सन्चार हुने बैठकले विश्वास लिएको छ । हालको मनसुन वर्षादको समयमा पहाडी जिल्लाहरुमा ठूला पहिरो र तराईका जिल्लाहरुमा बाढीको उच्च जोखिम रहने भएकोले संभावित विपद्का घटनाहरुको रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा जिल्ला दैवी प्रकोप उद्धार समितिले सम्बद्ध सबै निकायको सहयोग र समन्वयमा आपत्‌कालीन प्रतिकार्यका लागि विपद्‌ पूर्वतयारी सम्बन्धी कार्ययोजना सहित तयारी अवस्थामा रहन यस क्षेत्रका सबै जिल्ला प्रशासन कार्यालयहरुलाइ निर्देशन दिएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय