नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
पूर्वाञ्चल, धनकुटा


क्षेत्रीय आपतकालिन कार्यसञ्चालन केन्द्र समुद्‌घाटन

मिति २०७२/०४/२७ गतेका दिन क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र धनकुटाको क्षेत्रीय प्रशासक श्री सुरेशप्रकाश आचार्यज्यूबाट रेडियो सेटबाट केन्द्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र, सिंहदरबार काठमाडौंमा सम्पर्क गरी समुद्‌घाटन गर्नु भयो । उक्त कार्यक्रममा क्षेत्रीय दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरु, क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु, क्षेत्रीय कार्यालय प्रमुखहरु, धनकुटा जिल्ला दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरु, स्थानीय निकायका कार्यालय प्रमुखहरु, नागरिक समाज, रेडक्रश, गै.स.स. र विद्युतीय एवं छापाका पत्रकारहरुको सहभागितामा आपतकालिन अवस्थामा अपनाउनु पर्ने पुर्वतयारी र उद्धार कार्यहरुको बारेमा प्रकास पर्दै विपद् सम्बन्धमा कुनै जानकारी भए यस क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्रमा चौविसै घण्टा सम्पर्क गर्न सकिने भनि सम्बन्धित सबैमा प्रचाप्रसार गर्न अनुरोध गरी कार्यक्रम सम्पन्न भएको थियो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय